राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज

माघ २२, काठमाडौं – राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारीका लागि आइतबार मनोनयन दर्ता हुँदै छ।

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गरिनेछ।

प्रस्ताव दर्तापछि अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए।

विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।