मलेसियाका गृहमन्त्री इस्माइल नेपालमा, आजबाट औपचारिक भेटवार्ता गर्दै

 

माघ २०, काठमाडौं — मलेसियाली गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखी औपचारिक भेटवार्ता सुरु गर्ने छन् ।

तीन दिने भ्रमणका लागि बिहिबार साँझ नेपाल आइपुगेका मलेसियाली गृहमन्त्री इस्माइलले नेपालका समकक्षि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग संवाद गर्नेछन् ।