क्यानका कार्यवाहक सचिव मल्लले दिए राजिनामा

 

माघ १८, काठमाडौं  – नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

नेपाल टी ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

उनको राजीनामा स्वीकृति हुन भने बाँकी रहेको छ । गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।

स्पट फिक्सिङको आरोपमा सीआईबीले पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।