‘छ्क्का पन्जा ४ ’को पहिलो गीत “दर्शन सलाम“ रिलिज (भिडियो)

माघ १७, काठमाडौं  – फागुन १९ लाई रिलिज मिति तोकिएको फिल्म “छक्का पन्जा ४“ को पहिलो गीत सार्वजनिक गरीएको छ । “दर्शन सलाम“ बोलको गीतमा देविस शंकर र साहिमा श्रेष्ठले आवाज दिएका छन् ।

राजेन्द्र थापाको रचना रहेको गीतमा दिपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज समावेस गरीएको छ । भिडियोमा दिपाश्री निरौला , स्वस्तिमा खड्का ,दिपक राज गिरि , माग्ने बुढा र राज आचार्य देखिएका छ्न् ।

हेमराज बिसिले निर्देशन गरेको भिडियोमा कविराज गहतराजको नृत्य ,नरेन्द्र मैनालिको छाँयाकन र अन्कित खान ठकुरीको सम्पादन छ