बराबरीमा रोकियो रियल म्याड्रिड

 

माघ १६, काठमाडौं –स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियलले रियल सोसिराबरीमा रोकिएको छ ।डाडसँग गोलरहित बराबरी खेलेको हो।घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियलले अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंक छोट्याउने मौका गुमायो।

रियल १८ खेलबाट १३ जित र ३ बराबरीसहित ४२ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट १५ जित र २ बराबरीसहित ४७ अंक छ।

यता रियललाई बराबरीमा रोकेको सोसिडाड एक खेल बढी खेल्दै ३९ अंक जोडेर तेस्रो स्थानमा छ। उसले चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ।