युट्युबमा रिलिज भयो फिल्म बाह्र सत्ताइस

माघ १५, काठमाडौं  – चलचित्र ‘बाह्र सत्ताइस चलचित्र युट्युबमा सार्वजनिक भएको छ । कमेडी जनरामा निर्माण भएको फिल्मलाई हाइलाइट्स नेपालको युट्युब च्यानलबाट रिलिज गरीएको हो ।

समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा जोन योञ्जनको लेखन तथा निर्देशन रहेको छ ।

रेनु राणा, दीपक खतिवडा र रुपक थापाको लगानी रहेको फिल्ममा गौतम शाह सह–निर्माता छन् । यस्तै फिल्ममा अनिष स्याङदेनको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ ।