रवि लामिछानेले आज नेपालको नागरिकता लिँदै

माघ १५, काठमाडौं  — अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् तथा सरकारबाट बहिर्गमनमा परेका रवि लामिछानेले आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता लिने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को स्रोतका अनुसार पार्टीका पूर्वसभापति रवि लामिछानेले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकताको प्रमाणपत्र लिने भएका हुन्।