‘बिजुली’ बोलको गीतमा निराजन र उपासनाको अभिनय

 

माघ १३, काठमाडौं  – गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ ।

भिडियोमा पछिल्लो समयका मोडल निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।

उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् ।

निराजन भने पछिल्लो समयका व्यस्त मोडल हुन् । हरि हुमागाईँले निर्देशन गरेका हुन् भने उत्तम हुमागाँइको छायांकन रहेको छ ।