डा.सिके राउत भन्छन् – “गरेर खानेका लागि देश बाच्नै नसक्ने सीमासम्म पुग्यो”

माघ ११, काठमाडौं  -जनमत पार्टीका अध्यक्ष तथा सांसद डा। सिके राउतले गरेर खान चाहने सोझासाझाका लागि देश बाँच्नै नसक्ने सीमासम्म पुगेको बताएका छन् ।

प्रेम आचार्यको निधनपछि केहीबेर अघि सामाजिक सञ्जाल ट्वीटमा लेख्दै उनले त्यसो बताएका हुन् ।

उनले लेखेका छन्, “प्रेम आचार्यजीको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्तिजस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि, भन्न सकिन्न ।”