फ्रेन्ड्समा अनुबन्धित भए विशाल

माघ १०, काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग क्लब फ्रेन्ड्सले गोलकिपर विशाल सुनारलाई अनुबन्ध गरेको छ ।

फ्रेन्ड्सले सामाजिक संजालबाट गोलकिपर विशाललाई अनुबन्ध गरिएको जनाएको छ ।

फ्रेन्ड्सले नयाँ सिजनको ए डिभिजन लिगका लागि विशाललाई दोस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।

नयाँ सिजनको डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।