युभेन्ट्स र एट्लान्टाको बराबरी

माघ ९, एजेन्सी- इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले एट्लान्टासँग बराबरी खेलेको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्स र एट्लान्टाले ३-३ गोलको बराबरी खेलेको हो ।

खेलको चौंथो मिनेटमा एडमोला लुकम्यानले गोल गर्दै एट्लान्टालाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा एन्जल डी मारियाले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

३४ औं मिनेटमा आर्काडुइज मिलिकले गोल गर्दै युभेन्ट्सलाई २- १ को अग्रता दिलाए । खेलको ४६ औं मिनेटमा जोकाकिमले गोल गर्दै एट्लान्टालाई २- २ को बराबरीमा ल्याए ।

लुकम्यानले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एट्लान्टालाई ३२ को अग्रता दिलाए । तर, खेलको ६५ औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई ३(३ गोलको बराबरीमा ल्याए ।

 

Leave a Reply

Your email address will not be published.