कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु

माघ ७, काठमाडौं  –यहाँ बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको हो । लु ४ त ५४११ नं को ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए। बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ ।