जेरी २ मा आना अनुबन्धित

माघ ६, काठमाडौं – फिल्म जेरी २ का नायिका आना शर्मा अनुबन्धित भएकी छन् । निर्माण टिम र शर्मा बिच लिखित सम्झौता भएको हो ।
अब फिल्ममा अनमोल, आना र पूर्णिका मुख्य भूमिकामा रहनेछन् ।

हेमराज बीसीले निर्देशन गर्ने फिल्मका अन्य कलाकार तय हुन बाँकी छन् ।फिल्मलाई न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् ।
फिल्मको मुख्य भुमिकामा अभिनेता अनमोल केसी छन् ।