रुस–चीन सम्बन्धको प्रशंसा

माघ ५, काठमाडौं –रुसका विदेशमन्त्री सर्गेई लाभरोभले चीनसँगको उच्चस्तरीय सम्बन्धको प्रशंसा गरेका छन् । बुधबार यहाँ भएको पत्रकार सम्मेलनमा उनले रुस र चीनबीचको सम्बन्ध सुमधुर रहेको र त्यसको अनुभव भइरहेको बताए ।

चीनसँगको सम्बन्ध व्यावहारिक, विश्वासनीय एवम् पारस्परिक सम्मानमा आधारित भएको बताउँदै विदेशमन्त्री लाभरोभले चीनसँगको सम्बन्धलाई एक आदर्शको प्रतीकका रूपमा चित्रण गर्न सकिने उल्लेख गरे ।

दुवै देशले संयुक्त राष्ट्रसङ्घमा निकट सम्पर्क र समन्वयमा रहेर काम गरिरहेका, साङ्घाई सहयोग सङ्गठन, युरेसियन आर्थिक सङ्घ र बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत पारस्परिक सहयोग प्रवद्र्धन गर्दै नयाँ चुनौतीविरुद्ध संयुक्तरुपमा लडिरहेका बताए । द्विपक्षीय सहयोग र समन्वयबाट रुस–चीनबीचको रणनीतिक साझेदारीलाई सुदृढ बनाउन मद्दत पुगेको उनले बताए ।