पललाई तनहुँ जिल्ला अदालतले दियो सफाइ

माघ ४, तनहुँ  – नाबालिग यौन दुर्ववहारमा जेल परेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । तर उनी जेल मुक्त भने हुने छैनन् ।

नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् ।