हिलारीले कोलम्बियाको विश्वविद्यालयमा पढाउने

पुस २२, एजेन्सी  – अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउने भएकी छन्। क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स ९सिपा० मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी हुन्। उनले आगामी फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछिन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरेका छन्।

क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन्। क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छिन्। उनले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताइन्।
सन् २०२२ मा कोलम्बिया विश्वविद्यालयले क्लिन्टनलाई कानुन विषयमा मानार्थ विद्यावारिधी डिग्री प्रदान गरेको थियो।