इंग्लिस प्रिमियर लिग – सिटीले चेल्सीलाई हरायो

पुस २२, काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ ।

बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १- ० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरे । महरेजले ६३ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा निर्णायक गोल गरेका हुन् । जितसँगै सिटीले १७ खेलमा ३९ अंक जोडेको छ ।

सिटी दोस्रो स्थानमा रहेको छ । चेल्सी २५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।