नेपाल टी ट्वान्टी आज दुई खेल हुँदै

माघ १८, काठमाडौं – नेपाल टी ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेलहरु हुँदैछन् ।

सोमबारको पहिलो तथा प्रतियोगिताको उन्नाईसौं खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।