दक्षिण भारतीय अभिनेत्री हंसिकाले गरिन् विवाह

मंसिर १९, काठमाडौँ –दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानीले डिसेम्बर ४ मा विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी सोहेल कथुरियासँग विवाह गरेकी हुन्।उनीहरूको विवाह जयपुरको ४५० वर्ष पुरानो होटल मुंडोता फोर्ट एण्ड प्यालेसमा भएको हो।

उनीहरूको विवाह समारोह २ डिसेम्बरबाट सुरु भएको थियो।२ डिसेम्बरमा हल्दी समारोह भएको थियो भने ३ डिसेम्बर मेहेन्दी र संगीत समारोह भएको थियो। विवाहमा हंसिकाले रातो लेहेंगा लगाएकी थिइन् भने सोहेलले सेतो सेरवानी लगाएका थिए।

‘शाका लाका बुम बुम’ नामक बाल टेलिशृंखलाबाट अभिनय सुरु गरेकी हंसिकाले दक्षिण भारतीय फिल्मसँगै बलिउड फिल्ममा काम गरेकी छन्। उनले ‘हावा, कोइ मिल गया, जागो, हम कोन हे, आब्राका डाब्रा र मनि हे तो हनी’ लगायत बलिउड फिल्ममा अभिनय गरेकी छन्।

सोहेल एक व्यापारी हुन् जसमा हंसिका पनि आवद्ध छिन्। उनीहरू लामो समयदेखि एक इभेन्ट कम्पनी चलाइरहेका छन्।