रूसी कच्चा तेलको मूल्य घटाउने इयूको निर्णय

मंसिर १९, एजेन्सी –  कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको छ।

युरोपेली सङ्घ (इयू)ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो।

रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको इयूले बताएको छ।

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक–पटक आग्रह गर्दा पनि रुस पछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको इयू सदस्य राष्ट्रहरूले जनाएका छन्।

इयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ। यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ। –राससरएएफपी