नेपथ्यका कन्सर्ट ; गीत प्रस्तुत गर्दै गायक गुरुङ

मानवसेवा आश्रमको आयोजनामा विराटनगरको हाटखोला मैदानमा गएराती मानवता प्रवद्र्धनका लागि भएको नेपथ्य लाइभ कन्सर्टमा गीत प्रस्तुत गर्दै नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ । असहाय तथा बेसहाराहरुका लागि आर्थिक जोहो गर्ने उद्देश्यले आश्रमले मुलुकका प्रमुख १० सहरमा आयोजना गरेको सङ्गीत यात्राअन्तर्गत यो पहिलो कार्यक्रम हो । भारतको सिक्किम, आसामलगायत ठाउँबाट समेत गरी उक्त कार्यक्रममा झण्डै पाँच हजार सङ्गीत पारखीको उपस्थिति रहेको अनुमान छ ।