चलचित्र सरी ममु को टिजर सार्वजनिक (भिडिओ)

 

मंसिर १२, काठमाडौं  – लागुऔषध विरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्म ुसरी ममु को टिजर सार्वजनिक गरिएको छ।

एनएफआई क्रियशसनको युट्युब च्यानलबाट फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थितिलाई समेटिएको छ।

यो फिल्मलाई नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन्।

दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्। यो फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुनेछ।