धनुषा–३ स् जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

मंसिर ९, काठमाडौं –धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०की जुलीकुमारी महतो निर्वाचित छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ मतसहित विजयी भएकाछन् ।

पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनि तेस्रोपटक निर्वाचित भएका हुन् । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

तीन दशकदेखि राजनीतिमा क्रियाशील उनले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएका थिए। २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित भए ।

जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकिउनले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आएकि छिन् । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बनेका थिए