सर्लाही–३ ९१०मा कुशवाहा र ९२० मा यादव विजयी

मंसिर ९, काठमाडौं –सर्लाही निर्वाचन क्षेत्र नं ३ ९१० मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहा विजयी भएका छन् । सोह्र हजार पाँच सय ९१ मतसहति कुशवाहाले जित निकाल्दा निकटतम् प्रतद्विन्द्वी नेकपा (एमाले)का गणेशप्रसाद प्रसाईँले १५ हजार एक सय ६६ मत प्राप्त गरेका छन् ।

त्यस्तै सर्लाही ३९२० प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सञ्जयकुमार यादव पुनः विजयी भएका छन् । यसै प्रदेशसभाबाट निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेकाउनले १३ हजार एक सय ९० मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोजकुमार रायले आठ हजार तीन सय ४८ मतमात्र प्राप्त गरेका निर्वाचन अधिकृत वशिष्टकुमार घिमिरेले बताए। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हरेसप्रसाद महतोले आठ हजार ३५ मत प्राप्त गरेका छन् । जिल्लामा तीन प्रतिनिधिसभा र सात प्रदेशसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।