कास्की–२ मा स्वतन्त्रको कँडेलको अग्रता कायमै

मंसिर ६, काठमाडौं  – कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको अग्रता कायमै रहेको छ । जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेल तीन हजार पाँच सय ४९ मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा (एमाले)का विद्या भट्टराईले तीन हजार तीन सय ९९ मतसहित पछ्याका छन् । नेकपा ९एकीकृत समाजवादी०का श्रीनाथ बराल दुई हजार तीन सय ८८ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ९१० मा एमालेका उम्मेदवार भीमबहादुर कार्की तीन हजार आठ सय ३४ मतसहित अग्रस्थानमा छन् उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याएका छन्।

Leave a Reply

Your email address will not be published.