पूर्वसहमति नलिइ मतदान स्थगन नगर्न आयोगको निर्देशन

मंसिर ४, काठमाडौं  – निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारू गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने आयोगले आज सूचना जारी गरी स्पष्ट गरेको छ ।