परराष्ट्रमन्त्री खड्काद्वारा मतदान

मङ्सीर ४, पाटन –  परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका–८ झोडास्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

मतदान गर्न गृह जिल्ला आए डा खड्का उदयपुर निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।