आर्यन र उपासना अभिनित डिसेम्बर फल्स’को टिजर सार्वजनिक भिडियो

मंसिर ३, काठमाडौं – डिसेम्बर फल्स’को टिजर सार्वजनिक गरीएको छ । आगामी पुष १५ गतेलाई प्रदर्शन मिति तोकेको फिल्मको टिजरमा मुख्य कलाकार अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई देखाइएको छ । प्रविण झा निर्देशित फिल्म रोमान्टिक(थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् ।

फिल्मका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ ।फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । फिल्मको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ । फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ ।