राप्रपालाई भोट हाल्न आग्रह गर्दै मुम्बई फर्किइन् मनिषा

मंसिर १, काठमाडौं  – अभिनेत्री मनिषा कोइराला आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई मतदान गर्न आग्रह गर्दै मुम्बई फर्किएकी छन् ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी तथा अभिनेत्री कोइराला राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी अभियानमा सहभागी हुन एक साता अघि नेपाल आएकी थिईन् ।

मुम्बई फर्किनुअघि समाजिक सञ्जाल ट्विटरमा नेता लिङ्देनसंगै जहाज भित्र उभिएको तस्विर सार्वजनिक गर्दै उनले पृथ्वीनारायण शाहले परिकल्पना गरेको साझा फूलबारीलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टी राप्रपा रहेकाले आम नागरिकमा राप्रपालाई भोट उनले आग्रह गरेकी छन् ।

भ्रष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने लिङ्देनको भनाई आफूलाई मन परेकाले आफ्नो साथ र सर्मथन राप्रपालाई रहेको उनले यसअघि नै बताइसकेकी छन् ।

राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले लिङ्देन वीपीको बाटोमा हिँडेकै कारण आफू राप्रपाको पक्षमा उभिएको बताएकी थिइन् ।

राजधानीको बसन्तपुरमा आयोजना गरिएको राप्रपाको कार्यक्रममा उनले खुलेरै भनेकी थिइन(‘विपी बा र महेन्द्र सरकार एक(दुईबीच निकै आदर राख्नुहुन्थ्यो । त्यतिखेर मुलुकले ठूलो मौका गुमाएको थियो, त्यो मौका यो पटक चुकाउनुहुँदैन। त्यसैले राप्रपाका सबै प्रतिनिधीहरुलाई जिताउनुहोस्। र, हलोमा भोट दिनुहोस्।’