कमला थापाको अंश मलाई देऊ सार्वजनिक

कात्तिक २९, काठमाडौं – गायिका कमला थापाको नयाँ गीत सार्वजनिक भएको छ।

बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडिओमा छोराछोरी बराबर हुन् भन्ने सन्देश दिएको छ।

निर्देशक माइकल चन्दले निर्देशन गरेको भिडिओमा उषा उप्रेती र गीता ढुंगानालाई देख्न सकिन्छ। उषा र गीतासँगै कमला थापा, नारायण थापा, बेगबहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्कीलगायत कलाकारको अभिनय छ।