आगोले जलेका बालकको मृत्यु

कात्तिक २४ , काठमाडौँ –तनहँुको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।