‘शिरफुल मा लक्ष्मी र जीवनको अभिनय (भिडियो)

कात्तिक २१, काठमाडौं  – कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘शिरफुल (सुनका बाला) २’ रिलिज गरिएको छ । गायिका रेखा जोशीको सुमधुर स्वरमा रहेको गीतको शब्द तथा संगीत मिस्टर आर्जेको रहेको छ ।

बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ । लक्ष्मी र जीवनको साथमा भिडियोमा अश्विनी बर्देवाले पनि अभिनय गरेकी छन् । भिडियोलाई युट्युब च्यानल नेप् मेलोबाट हेर्न सकिन्छ ।