हामीलाई जिताउनुस्, विकास गर्छौं – सिके राउत

 

कात्तिक २१, काठमाडौं -जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा आफूहरूलाई जिताएमा विकास गर्ने बताएका छन्।

कपिलवस्तुको रुद्रपुरमा आइतबार भएको चुनावी सभामा अध्यक्ष राउतले मंसिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए।

नेपाली कांग्रेस, नेकपा एमाले  नेकपा (माओवादी केन्द्रं) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरेका थिए।

पटक पटक नेतृत्व गरेका नेता असफल भएको उनको भनाइ थियो।

‘यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन्,’ उनले भने।

जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ छ।