चलचित्र ‘निरमाया’को गीत सार्वजनिक (भिडिओ)

कात्तिक २०, काठमाडौं  – फिल्म ‘निरमाया’ को गीत सार्वजनिक भएको छ। रमेश कोइरालाद्धारा निर्देशित उक्त चलचित्रको मायाको रंग हुँदैन’ बोलको गीत सार्वजनिक गरिएको हो।

धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको गीतमा उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत छ। गीतको भिडिओमा जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल र समुद्द पौडेललाई देख्न सकिन्छ।

‘परिवर्तन आफैबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ फिल्म निर्माण गरिएको हो। फिल्मा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, लगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा रामकुमार केसी र अजित लामिछानेले तयार पारेका हुन्।

महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्।

रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई उत्तर राना मगर र तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्।

मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म सिन्धुली, काभ्रे र रामेछापमा छायांकन गरिएको हो।