यू १५ महिला फुटबल नेपाल र भुटान आज भिड्दै

कात्तिक १७, काठमाडौं – बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानको सामना गर्दैछ ।

ढाकामा नेपालले पहिलो खेलको रुपमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल दिउँसो ४स्१५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनस् बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।