‘ज्येष्ठ नागरिक एक्लिदै गएका छन् ।’ छत्रवहादुर प्रधान

 

कात्तिक १५, काठमाडौं – नेपालको २०६८ को जनगणना अनुसार ज्येष्ठ नागरिकको जनसंखया करिब ३० लाख छ । ज्येष्ठ नागरिकलाई सरकालरले बिभिन्न प्रकारका सेवा सुबिधा दिएको छ । तर, पनि उनीहरु सन्ताबाट उपेक्षित हुदै गइरहेका छन् । परिवार एक्लिदै गर्दा घरमा वृद्धअवस्थाका बुवाआमा एक्लिन थालेका छन् । उनीहरुको अवस्था के छ ? सरोकारवालाहरुको उनीहरुको संरक्षण कसरी गरिरहेको छ ? भन्ने बिषयमा नेपाल राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानसंग इमेल खवरले कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सम्पादित अंश।

जेष्ठ नागरीकहरुको अवस्था कस्तो छ ?

पछिल्लो समय परिवारहरु एक्लिदै गएको अवस्था छ । घरमा भएका बुवाआमालाई परिवार भन्न छोडिएको छ । हिजोको समयमा संयुक्त परिवार थियो म मेरो आमाबुवा मात्र होइन् हाम्रो काका काकि हजुरआमा हजुरबुवा सबै अटाउथे । अहिले श्रीमान श्रीमती र छोरा छोराछोरीमा परिवार सिमित छ । त्यसकारण उनीहरु छोराछोरीबाट टाडिदै गएका छन् । उनीहरुमा एक्लोपन बढ्दै गएको छ । उनीहरुले मानसम्मान इज्जत पाउन सकिरहेका छैनन ।

वृद्धाआश्रममा वस्ने अथवा आउनेहरुको संख्या बढ्दै गएको देखिन्छ यसलाई तपाई कसरी हेर्नुहुन्छ ?

वृद्धा आश्रम भनेको कोहि पनि नहुनेहरुको लागि हो । तर पछिल्लो समय बुवाआमा बस्ने घर जस्तै बन्दै गइरहेको छ । यो दुख लाग्दो कुरा हो । वृद्धा आश्रम आमाबुवा राख्ने ठाउलाई लिनु हुदैन । परिवारभित्र्र आमाबुवा अटाउनु पर्दछ । मैले पालेको छु त्यो होइन, उनीहरूले भन्नुपर्छ कि म आमाबुवासँग बसेको छु। सन्तानले आमाबुवाको हेरचाह अनिवार्य गर्नुपर्दछ । यो बिधेयक दुबै सदनबाट पारित भइसकेको अवस्था छ । अब यसलाई कडाईका साथ पालन गराउन सरकारको ध्यानाकर्षण हुनुपर्दछ ।

सरकारले उनीहरुकोप्रतिको जिम्मेवारी कसरी निभाइरहेको छ ? थप के गर्न आवश्यक छ ?

ज्येष्ठ नागरिकलाई सरकारले उपेक्षित गरेको छ । संविधानको धारा ४१ ज्येष्ठ नागरिकको हकअन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख छ । तर यतिका समय सम्म पनि यो कार्यान्वयन हुन सकेको थिएन । गत साउनमा मात्र ‘ज्येष्ठ नागरिक विधेयक’ दुबै सदनबाट पारित भएको छ । विधेयकले ज्येष्ठ नागरिकको हेरचाह गर्ने दायित्व सन्तानलाई सुम्पिदिएको छ । विधेयकले वडाध्यक्षले समेत ज्येष्ठ नागरिकका सन्तानलाई बाबुआमाको बैंक खातामा पैसा जम्मा गर्न निर्देशन दिनसक्ने अधिकार दिएको छ । यि सबैकानुन निर्माण भए पनि कार्यान्वयमा चुर्नाती देखिएको छ । सरकार प्रतिबद्ध भएर ज्येष्ठ नागरिकलाई अधिकार दिलाउन अग्रसर हुनु पर्दछ ।

सन्तानबाटै आमाबुबा अपहेलित हुने अवस्था किन आउछ ?

अहिलेको अवस्थामा छोराछरी मात्र दोष दिन मिल्दैन । उनीहरुलाई हामीले दिनुपर्ने नैतिक शिक्षामा दिन सकिरहेका छैनौ कि जस्तो लाग्दछ । उनिहरुलाई आमाबुबा पाल्नेको कुरा होइन् आमाबुबा मेरो जिम्मेवारी हो भन्ने कुरा अहिलेका सन्तानमा बोध छैन ।अब जेष्ठ नागरिक निरियात्रिक शिक्षा राख्ने भनेको थियो तर दुई वर्ष अगाडि देखि ११ र १२ कक्षामा नैतिक शिक्षा भनेर पाठ्यक्रम विकास केन्द्र सानोठीमिले त्यो कार्यक्रम सुरु गरेको छ । र त्यो भन्दा तल ५ ६ ७ ८ ९ १० का विधार्थिकालाई सानो पाठ पनि राख्ने व्यवस्था गरेको छ भन्ने कुरा हामिले सुनेका छौँ । यसले धेरै कुरामा सुधार ल्याउछ र ल्याउनु पनि पर्दछ ।