धरौटी तिरेर छुटे अपूर्व क्षितिज

कात्तिक ४, काठमाडौँं  – कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी हिरासतबाट छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी प्रहरी हिरासतबाट छुटेका हुन् । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवास् समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।