देवेन्द्र बब्लुको ‘थोरै माया गीत सार्वजनिक -भिडिओ

असोज ३०, काठमाडौं – गायक देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन्।

शुक्रबार उनले ‘थोरै माया’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा उनकै शब्द तथा संगीत रहेको छ।

विशाल घिमिरेले निर्देशन गरेको भिडिओमा देवेन्द्रलाई नै देख्न सकिन्छ। यो म्युजिक भिडिओमा कुशल सिंहको लगानी छ।

सुनिल विकले छायांकन गरेको म्युजिक भिडिओलाई उत्तमकुमार कार्कीले सम्पादन गरेका हुन्।