साबा च्याम्पियनसिप नेपाल र भुटान भिड्दै

असोज २१, काठमाडौं  – माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बुधबार तेस्रो तथा अन्तिम खेल खेल्दैछ ।

नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल अपरान्ह ४.१५ बजे सुरु हुनेछ ।

नेपालले मंगलबार श्रीलंकालाई ५५ .४९ ले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१.४७ ले पराजित भएको थियो ।

प्रतियोगितामा चार राष्ट्र सहभागी रहेका छन् । शीर्ष टोलीले उपाधि जित्नेछ ।