रोमान्टिक गीतमा मोडलिङ गर्न मन लाग्छ ।

 

असोज १२, काठमाडौं  मोडलिङमा कसरी रुचि बढ्यो ?

बाल्यावस्थामा चलचित्र हेर्दादेखि नै चलचित्र क्षेत्रप्रति रुचि बढेको हो । पर्दामा चलचित्र हेर्दा मैले आफूलाई कलाकारका रूपमा स्थापित गर्थें । चलचित्रमा हिरोको इन्ट्री, कलाकारहरूको प्रस्तुतिले आकर्षित गर्न थाल्यो ।

करिअरका रूपमा सुरुवात कसरी भयो ?

मेरो करिअर सिरियलबाट सुरु भयो । ‘क्राइम पेट्रोल’को सिरियल थियो । सिरियल हुँदै म म्युजिक भिडियोमा मोडलिङ गर्न थालें । ‘तिमी हाँस्नू अर्कैसँग’ बोलको गीतबाट म म्युजिक भिडियोमा प्रवेश गरें ।

कस्ता गीतमा मोडलिङ गर्न मन लाग्छ ?

सबैको मन छुने रोमान्टिक गीतमा मोडलिङ गर्न मन लाग्छ ।

चलचित्र खेल्नमा कत्तिको रुचि छ ?

धेरै रुचि छ । चलचित्र क्षेत्रमा रुचि भएरै यो क्षेत्रमा अगाडि बढेको हुँ । सुरुवाती दिनमा एकैपटक चलचित्र खेल्न नसक्ने भएकाले सिरियल म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्ने योजना बनाएको हुँ । पछिल्लो समय मेरा दुईवटा चलचित्र ‘गुप्त’, ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनको तयारीमा छन् । अर्को चलचित्रमा पनि अनुबन्धित भइसकेको छु ।

यो क्षेत्रमा करियर कत्तिको सुरक्षित देख्नुहुन्छ ?

पहिलेको तुलनामा केही सजिलो छ । पछिल्लो समय धेरै माध्यमहरू आइसकेका छन् । जस्तैः युट्युब, आइफ्लेक्सजस्ता माध्यमहरूले यो क्षेत्रलाई बलियो बनाएका छन् ।