फ्रान्सेली विदेशमन्त्री किभमा

असोज ११, काठमाडौँ – फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभ पुग्नु भएको छ । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणमा मङ्गलबार किभमा पुगेका हुन् ।

‘शुभ प्रभात युक्रेन, यो फिर्ता आउन राम्रो छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । युक्रेनका लागि फ्रान्सेली राजदूत एटिन डे पोन्सिन्ससँग किभमा हिंडिरहेको तस्वीर पोस्ट गरिएको समाचारमा जनाइएको छ ।