राष्ट्रपति को कदम बिरुद्ध जनमत पार्टीको चरणबद्ध आन्दोलन घोषणा

असोज ७, काठमाडौं  -डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति बिद्या देवी भण्डारीको कदम बिरुद्ध असोज ९ गतेदेखि चरणपद्ध रुपमा आन्दोलनका घोषणा गरेको छ ।

राष्ट्रपतिले नागरिक बिधेयक प्रमाणित नगर्दा लाखौ जनता नागरिकता बिहिन हुनु पर्ने अवस्था आएको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दसैभर आन्दोलन गर्ने घोषणा गरेको हो ।

सो पार्टीले एक बिज्ञप्ती निकाल्दै मधेश प्रदेशका प्रत्येका वडामा माइकिङ गर्ने,  जुलुुस निकाले,राष्ट्रपतिको बिरोध मा पुतला जलाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

बिरोध कार्यक्रम अन्र्तगत यहि असोज ९ र १० गते मधेश प्रदेशका प्रत्येक वडामा माइकिङ गर्दै राष्टपतिको बिरोध गर्ने, ११ देखि १८ गतेसम्म बिरोध गर्दै अत्तरक्रिया गर्ने कार्यसुची रहेको छ ।