‘पलपल हरपल’ गीतमा पुष्प र रुविना (भिडिओ)

असोज ३, काठमाडौं – सुमन केसी र प्रविशा अधिकारीको स्वर रहेको ‘पलपल हरपल बोलको गीत सार्वजनिक भएको छ।

मधु पौडेलको शब्द रहेको गीतमा प्रल्हाद बोगटीको संगीत छ। गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन्।

रोमान्टिक गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री रुविना थापालाई देख्न सकिन्छ। गीतको भिडिओलाई शान थापाले निर्देशन गरेका हुन्।

अर्जुन तिवारीले खिचेको भिडिओलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। गीतको भिडिओ आस्मन मोसन पिक्चरबाट सार्वजनिक भएको हो।