हिन्दी ‘प्रेमगीत ३’ असोज ७ मा नेपालमा प्रर्दशन हुने

 

भदौं २८, काठमाडौं –  ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो ।

यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ ।