आहा क्या सुन्दर छ, ‘रामपुर’

भर्दौ २५ ,काठमाडौँ-  रामपुर( पाल्पा),चारैतिर डाँडाकाँडा । बीचमा समथर भूमिमा फैलिएको बस्ती । कलकल बहेकी कालीगण्डकी नदीको मनोरम दृश्यले लोभलाग्दो सुन्दर शहर रामपुर । यही सुन्दर ठाउँलाई साहित्यकार मित्रलाल गौतम कवितामा यसरी अभिव्यक्त गरे ।

‘सीताकुण्ड छ त्यो पवित्रस्थल जो राम्चे भ्युटावर, कालीको जलले झिलिमिली बन्यो क्या सुन्दर रामपुर ।’

साहित्यकार गौतम छन्द लयमा कविता कोर्न बढी मन पराउनुहुन्छ । उनका कविताले ग्रामीण भेगको जनजीवनलाई यथार्थ चित्र गर्ने खालका हुन्छन्,। जसले दर्शक तथा स्रोतालाई मन्त्रमुग्ध बनाउँछ । अहिलेको परिवेशमा मुक्तक, कविता, गजल, हाइकुलगायतका विभिन्न सिर्जनालाई सही रुप दिन नसकिरहेको हँुदा स्थानीयस्तरमा नै सीमित रहन पुगेको उनले अनुभूति गरेका छन् ।

गौतमका सिर्जना कापीमा थुप्रै कोरिएका छन् । चाडपर्व विशेष, मेला, महोत्सव, समसामयिक, गाउँका परिवेशलाई जस्ताकोतस्तै टपक्क टिपेर कविता तयार पारे उनि । पछिल्लो समयमा साहित्य क्षेत्रमा हाइकु, गजल बढी प्रकाशित भएका छन् तर तिनीहरुलाई नै प्राथमिकता दिँदै नेपाली साहित्यप्रति ऊर्जा थप्नको लागि हरेक क्षेत्रबाट सहयोग गरिनुपर्नेमा उनको जोड छ ।

विशेष गरी रामपुरमा प्रतिभावान् साहित्यकार भए पनि राष्ट्रियस्तरसम्म पुग्न नसक्नुका कारण तल्लो तहका मानिसमा यसको चेतना पुग्न नसक्नु, सञ्चार, ज्ञानलगायतको समस्या रहेको बताए, स्रष्टा नारायण चापागाई । उनि भन्छन्, “समाजमा हुने विकृति विसङ्गतीलाई साहित्यको माध्यमबाट बाहिर ल्याउन खोज्दा साहित्य नबुझेका व्यक्तिबाट आक्रमणमा परी केही क्षति हुने हो कि भन्ने डरले केही प्रतिभावान् साहित्यकार अझै पनि खुल्न नचाहेको देखेको छु ।”

रामपुरलाई साहित्यकार चापागाई कतिवामार्फत व्यसरी व्यक्त गरे धार्मिक मूल्य मान्यताले यहाँ, भरिएको रामपुर ठाउँ ।
नगरपालिकामा बदलियो अहिले, पहिलेको सानो गाउँ ।।
भाषा धर्म कलाले यहाँ, सजियो कस्तो अहिले ।
आज यस्तो होला भनी सोच्न, को भ्याएको थ्यो पहिले ।
काली नदी बग्दछ सलल, हिमालको हिउँ झरी ।
शालिग्राम भेटिन्छन् यहाँ बहुमूल्य हीरा सरी ।।