सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर सार्वजनिक

 

भदौं २१, एजेन्सी – सलमान खानको आगामी फिल्म किसीका भाइ किसीकी जानुको औपचारिक घोषणा गरिएको छ।

सार्वजनिक टिजरमा उनी लामो कपालमा देखिएका छन्।

फरहाद सामजीले निर्देशन गर्ने फिल्ममा विन्केटेश, पूजा हेगडे, राघव जुयाल, सिद्धार्थ निगम, जस्सी गिल, शहनाज गिल, पलक तिवारीको अभिनय रहने छ।

यो फिल्मलाई सलमान खान र साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।