आज भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

भदौं १९, काठमाडौं  – भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउदैछन्

नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उहाँ पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लाग्नु भएको हो । उहाँ नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेका नेपाली सेनाले जनाएको छ ।

दुवै सेनाप्रमुख एक अर्को देशको मानार्थ महारथी रहने परम्पराअनुसार पाण्डे सेनाध्यक्ष भएपछि नेपाल आउन लागेका हुन् ।