नगरप्रमुख भण्डारीद्वारा १९ कठ्ठा जग्गा दान

भदौ १६, काठमाडौँ – सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिए ।

प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारीदिए । आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल र वृद्धाश्रम निर्माणका लागि जग्गा दिने तयारी गरेको उनले भनाइ छ । उक्त जग्गाको मूल्य करिब रु चार करोडभन्दा बढी रहेको बताइएको छ ।