इङ्ग्लिस प्रिमियर लिग चेल्सी २ -१ ले पराजित

भदौं १५, काठमाडौं  – साउथह्याम्पटनसँग मंगलबार राति २ १ ले पराजित हुँदै चेल्सीले इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२र२३ मा पहिलो हार बेहोरेको छ ।

घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २- १ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १(१ गोलको बराबरी खेले ।