निर्वाचनको मुखैमा विभिन्न पार्टीका नेता जनमत पार्टीमा प्रवेश

भदौं १३, काठमाडौं–
निर्वाचन मुखैमा छ । पहिलो पटक चुनावमा सहभागी हुन लागेको जनमत पार्टीको सक्रियता बढ्दैछ । पार्टी प्रवेश गराउने र प्रचार प्रसारका गतिविधी तिब्र भइरहेको छन् । जनता समाजवादी पार्टी(जसपा) को अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष तथा नेपाल सद्भावना पार्टीका पुर्व राष्ट्रिय उपाध्यक्ष नरसिंह चौधरीले डा. सिके राउतको जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
सोमबार उनले उपेन्द्र यावदको पार्टी जसपालाई त्यागेर जनमत पार्टी रोजेका हुन् । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएका एक कार्यक्रमका बीच जसपाका केन्द्रीय सदस्य तथा लुम्बीनि सांस्कृतिक नगरपालिकाका पुर्व मेयर मनमोहन चौधरीले पनि पार्टी प्रवेश गरेका छन् । जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार अरु पार्टीका कार्यकर्ता समेत उक्त कार्यक्रममा पार्टी प्रवेश गरेको बताए । पार्टीका महासचिव चन्दनले भने,‘हामी निकै उत्साहका साथ निर्वाचनमा सहभागी हुने तयारीमा जुटेका छौं ।’